काठमाडौँ। तीव्र गतिका बलर कमलसिंह ऐरीले आयरल्यान्ड उल्भ्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ह्याट्रिक विकेट लिएका हुन्।
३९औँ ओभरमा आफ्नो सातौँ ओभर बलिङ गर्न आएका कमलले लियम म्याकार्थी, म्याथ्यू हम्फ्रेज र बेन ह्वाइटको विकेट लिएका हुन्।
कमलको पहिलो बलमा लियम सहाब आलमबाट क्याच आउट भएका थिए। दोस्रो बलमा म्याथ्यू बोल्ड भए। तेस्रो बलमा बेन पनि कमलबाटै बोल्ड हुन पुगे।
६.३ ओभर बलिङ गरेका कमलले १ मेडनसहित २१ रन खर्चिएर ३ विकेट लिए।
कमलले ह्याट्रिक लिनुअघि आयरल्यान्डका कप्तान निल रकलाई २८.३ ओभरमा ३९ रनमा बोल्ड गरेका थिए।