काठमाडौँ। श्याम ढकालले नेपाललाई तेस्रो सफलता दिलाएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि श्यामले आयरल्यान्ड उल्भ्सका पिटर मूरको विकेट लिएका हुन्।
पिटरले ३४ बलमा १ चौका र १ छक्कासहित २१ रन बनाए।
त्यसअघि रिजन ढकालले जेम्स म्याकमुलमलाई १२ र साहब आलमले स्टेफिन डोहेनीलाई १२ रनमा आउट गरेका थिए।