काठमाडौँ। विराट कोहलीको अर्धशतकमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १८३ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको बेंगलुरुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको हो।
बेंगलुरुका ओपनर विराटले सर्वाधिक ८३ रन बनाए। ५९ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे।
कमरुन ग्रिन ३३, ग्लेन मैक्सवेल २८ र दिनेश कार्तिक २० रनमा आउट हुँदा अन्य ब्याटरको प्रदर्शन राम्रो रहन सकेन।
कोलकाताका हर्षित राणा र आन्द्रे रसेलले २/२ विकेट लिए।
सुनील नारायणको नाममा १ विकेट रह्यो।