काठमाडौँ। आयरल्यान्ड उल्भ्सले तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो।
आयरल्यान्डका पिटर मुरले सर्वाधिक ४९ रन बनाए। ३२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे।
केड कर्माइकल र कप्तान निल रकले ३८/३८ रन बनाएर आउट हुँदा स्टीफन डेहेनीले ३४ रनको योग्दान दिए।
ग्यारेथ डेलानी ३० र र गेभिन होई १८ रनमा अविजित रहे।
नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा १/१ विकेट रह्यो।