काठमाडौँ। करण केसीले नेपाललाई चौथो सफलता दिलाएका छन्। उनले १५औँ ओभरको पहिलो बलमा निल रकलाई १७ रनमा सन्दीप जोराबाट क्याच आउट गराएका हुन्।
योसँगै नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले ४ विकेट गुमाएको छ।
आयरल्यान्डले ओपनर स्टीफन डोहेनीलाई २६ रनमा गुमाएको थियो। १३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका उनी सोमपाल कामीको बलमा रोहितकुमार पौडेलबाट क्याच आउट भए।
छैटौँ ओभरको दोस्रो बलमा अर्का ओपनर रोस अडायर १९ बलमा ३ चौकासहित १७ रन बनाउँदै पेभिलियन फर्किए।
उनको विकेट कुशल मल्लले लिएका हुन्। उनलाई गुल्शनकुमार झाले क्याच आउट गरेका थिए।
तेस्रो नम्बरमा आएका केड कार्माइकल १२औँ ओभरको पहिलो बलमा अनिल साहबाट क्याच आउट भए। कुशल भुर्तेलको बलमा आउट हुनुपूर्व उनले १८ बलमा १८ रन बनाए।