काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेको छ ।
मंगलबार कीर्तिपुर मैदानमा नेपालविरुद्ध टस जितेको नामिबियाले ब्याटिङ्ग गर्ने निर्णय गरेको छ ।
नेपालको प्लेईङ सेटमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, अविनाश बोहोरा, सोमपाल कामी, करन केसी, विवेक यादव, गुलसान झा र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । आईसीसी विश्वकप लिग टू अन्तर्गतका म्याच खेल्न दुवै टिम नेपालमा छन् ।
लिग टू अन्तर्गतका खेल सकिएपछि नेपालले टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।
यस वर्ष विश्वकप खेल्न लागेको नेपालले तयारी स्वरुप टी ट्वान्टीको आयोजना गरेको हो ।