काठमाडौं । यूएईमा आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा गुल्सन झाले नेपालको कप्तानी गर्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा बसेको बोर्ड बैठकले झालाई नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानीको जिम्मेवारी दिएको हो ।
झाले कुनै पनि स्तरको क्रिकेटमा पहिलो पटक कप्तानी गर्न लागेका हुन् । गुल्सनले सिनियर राष्ट्रिय टोलीको समेत अनुभव लिईसकेका छन् ।
नेपालका लागि उनले ९ एकदिवसीय अन्तराष्ट्रिय र १ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलिसकेका छन् । घरेलु क्रिकेट प्रतियोगितामा झा विभागिय टोली नेपाल प्रहरीबाट खेल्ने गर्छन् ।
विश्वकप छनोट प्रतियोगिता फागुन १२ देखि यूएईमा सुरु हुनेछ ।
कप्तानको चयन मंगलबार भए पनि क्यानले १४ सदस्सीय टोलीको घोषणा भने माघ ८ गते नै गरेको थियो ।
यस प्रतियोगितामा नेपालसहित सिङ्गापुर,कतार,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ । नेपालको पहिलो खेल फागुन १२ मा सिङ्गापुरविरुद्ध रहेको छ ।
क्यानले प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट नेपाली टोली घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा ४ वैकल्पिक खेलाडी रहेका छन् ।
छनोट युएईमा आगामी फेब्रुअरीमा हुनेछ ।
नेपाली टोली -
आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे,दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा
वैकल्पिक -
प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव