काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा युएई पराजित भएको छ ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा अमेरिका १ विकेटले विजयी भएको हो ।
घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा यूएईको यो दोस्रो हार हो ।
यूएईले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५ बल बाँकी रहदै ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसका लागि मोनाक पटेल तथा आरोन जोन्सले अर्धशतक बनाए । कप्तान पटेलले ८५ तथा जोन्सले ५१ रन बनाए ।
इयान हल्याण्डले ३० तथा स्टेभन टेलरले २९ रन बनाए । गजानन्द सिंहले अविजित २६ तथा सुसान्त मोदिनीले १२ रन बनाए ।
यूएईका लागि जुनेद सिद्धिकि र रोहन मुस्ताफाले समान २/२ विकेट लिए । जाहोर खान,बासिल हमिद र कप्तान अहमद राजाले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो ।
उसका लागि आर्यन लाकेर तथा भृत्य अरबिन्दले अर्धशतकिय ईनिङ खेले । लाकृरले ८४ तथा अरबिन्दले ५३ रन बनाए । सिपि रिजवान ३९ तथा बासिल हमिदले २५ रन बनाए ।
अमेरिकाका लागि शौरभ नेत्राभाल्करले ३ तथा ईयान होल्याण्ड, स्टेभन टेलर र क्यामरोन स्टेभसनले समान १/१ विकेट लिए ।
जितसँगै अमेरिका चौथो स्थानमा रहेको छ । अमेरिकाले २५ खेलमा २५ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको यूएईको भने २४ खेलबाट २६ अंक रहेको छ ।
यस सिरिजको तेस्रो खेलमा शनिबार घरेलु टोली तथा अमेरिका खेल्नेछन् ।