काठमाडौं । नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिगको उपाधी नेपालगन्जको ज्योति स्पोर्टस् एकेडेमी ‘बी’ले जितेको छ । शनिबार भएको फाइनले प्रतियोगितामा ज्योतिले कोहलपुर स्पोर्टस् एकेडेमीलाई ६१ रनले पराजित गर्दै उपाधि जितेको हो ।
पहिलो ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको कोहलपुरले १७.३ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा १ सय ३० रन बनाएको छ ।
जितका लागि ज्योतिका प्रनित थापामगरलेले ७६ बलमा ६ चौका र ६ छक्काको मद्दतले ७६ रनको योगदान दिए । त्यस्तै प्रज्वल शाहीले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतले ६२ रनको योगदान दिए ।
कोहलपुरका लागि अर्जुन साउदले ३१ बलमा १ चौका र २ छक्काको मद्दतले ३१ रनको योगदान दिए ।
प्रतियोगितमा कोहलपुरका वासिर अहमदले ३.३ ओभरमा २० रन दिँदै ६ विकेट लिए भने ज्योतिका बलर नारायण जोशीले ४ ओभरमा २४ रन दिँदै ४ विकेट लिएका छन् ।
लिगको उपाधि जितेको ज्योतिले १ लाख प्राप्त गरेको छ भने कोहलपुरले ५० हजार प्राप्त गर्यो ।
लिगमा ज्योतिका वासिर अहमद प्लेयर अफ द सिरिज घोषित भए । साथै वेस्ट ब्याटर ज्योतिका प्रन्वल शाही, प्लेयर अफ द फाइनल ज्योतिका प्रनित थापामगर र वेस्ट बलर एचविए च्याम्सका जानु कसगरले पाए ।
लिगमा मंगोलियन स्पोर्टस् क्लबले फेयर प्ले ट्रफी प्राप्त गर्यो ।
विजेता खेलाडी तथा टिमलाई नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाईलगायतले पुरस्कार वितरण गरेको छन् ।
प्रतियोगिता कोहलपुर क्रिकेट मैदानमा संचालन गरिएको थियो । लिगमा बाँके जिल्लाका ८ टिमको सहभागिता रहेको थियो ।