काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्डसँग ६ रनको पराजयपछि निराश भएका बंगलादेशका कप्तान महमुदुल्लाहले आक्रामक ब्याटिङ गर्न असफल भएको बताएका छन् ।
कप्तान महमुदुल्लाहले आफ्नो टिम १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गर्न असफल भएको बताए ।
तर, महमुदुल्लाहले कहाँ गल्ती भयो भनेर समिक्षा गरेपश्चात नराम्रो सुरुवातका बाबजुद बंगलादेशले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
‘म धेरै निराश छु । हाम्रो ब्याटिङ चासोको विषय बनेको छ । हामीले राम्रो ब्याटिङ गर्नुपर्छ । परिस्थिति अनुसार हामीले आक्रामक क्रिकेट खेल्नुपर्छ । हामीसँग राम्रो ब्याटिङ गर्न सक्ने खेलाडी छन् ९ नम्बरमा मोहमद सैफुदिनले ब्याटिङ गर्न सक्छ । हामीले भोली केही परिवर्तनको बारेमा सोच्नुपर्नेछ,’ महमुदुल्लाहले भने ।
‘हामीले जानीजानी विस्तारै ब्याटिङ गरेको होइन । हामीले बाउन्डरी हिर्काउन सकेनौ । अर्को पटक हामीले राम्रो ब्याटिङ गर्नुपर्नेछ । हामीले खेल हार्यौ भने धेरै कुरा माथि आउछ । मलाई लाग्छ हामीले राम्ररी खेल्न सकेनौ तर हामी टी—ट्वान्टीको राम्रो टोली हौ । हामीसंग त्यो क्षमता छ । जब हामी राम्रो क्रिकेट खेल्छौ हामी जित्छौ,’ उनले थपे ।
मध्यम स्कोरको लक्ष्य पछ्याउदा पनि महत्वपूर्ण विन्दुमा विकेट झरेपनि आवश्यक रनरेट बढ्दै जादा बंगलादेशले राम्ररी ब्याटिङ गर्न नसकिएको महमुदुल्लाहले बताए ।