एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमका कप्तान जोए रुटले अष्ट्रेलिया क्रिकेट टिममा आधारित 'द टेष्ट' डकुमेन्ट्रीले आफुलाई प्रेरणा मिलेको बताएका छन् ।
डकुमेन्ट्री हेरेपछि आगामी विन्टरमा हुने एसेस सिरिजको लागि प्रेरित गरेको रुटले बताएका हुन् ।
इंग्ल्यान्डमा भएको गत संस्करणको एसेस सिरिज जित्ने क्रममा अष्ट्रेलियाको ड्रेसिङ रूममा भएको सबै दृश्य डकुमेन्ट्रीले देखाईएको छ । पछिल्लो संस्करणको सिरिज भने २-२ को बराबरी भएको थियो ।
'एसेस फिर्ता ल्याउन र त्यसको लागि अभ्यास गर्न यो (डकुमेन्ट्री) एक प्रेरणादायी छ,' रुटले भने ,' यसलाई प्रोत्साहनको रुपमा लिएको छु ।'
एसेस सिरिज सन् २०२१ को नोभेम्बर देखी अष्ट्रेलियामा सुरु हुनेछ ।
'डकुमेन्ट्री हेर्न भर्खरै सुरु गरेको छु,' रुटले थपे, 'जरुरी काम परेकाले बिचैमा हेर्न छुटाएको थिएँ ।'
यस्तै, अन्य टेष्ट सिरिजले एसेसको लागि तयारी र योजना बनाउन मद्दत पुर्याउने समेत रुटले बताए ।
''टेष्ट च्याम्पियनसिप निकै महत्वपूर्ण छ र हरेक खेलमा भारी अंक हुन्छ,' रुटले थपे, 'हामी त्यसको फाइनल पुग्न चाहान्छौ तर सबै तयारी भने अष्ट्रेलिया सिरिजको लागि हो ।'
एसेस सिरिज आउन लामो समय बाँकी रहे पनि अहिले देखी तयारी गर्नु पर्ने उनले बताए ।