काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पूर्व कप्तान पारस खड्का नेपाली क्रिकेटको लिजेण्ड कप्तान भएको बताएका छन् ।
पारसले मंगलबार कप्तानी पदबाट राजिनामा दिएपछि सामाजिक सञ्जालमा आफ्नो धरणा लेख्दै सन्दीपले पारस लिजेण्ड कप्तान भएको बताएका हुन् ।
'तपाईं साँच्चिकै एक लिजेण्ड हुनुहुन्छ जसले हाम्रो सबै हृदयमा ठूलो छाप पारेको छ। यहाँ तपाईं क्याप्टेन हुनुहुन्छ । द लिजेण्ड दाज़ु पारस खड्का,' सन्दीपले लेखेका छन् ।
सन् २००४ मा सिनियर राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका पारसले सन् २००९ बाट कप्तान चुनिएका थिए । र, मंगलबारबाट पारसले १० वर्षे कप्तानी यात्रा अन्त्य गर्ने घोषणा गरेका थिए ।
यस्तै सन्दीपले पारसको नेतृत्वमा नेपाली क्रिकेटले ठुला ठुला सफलता हात पारेको समेत बताएका छन् ।
'तपाईको नेतृत्वको यात्रा सुरु गर्दै हामी त्यस्ता स्थानहरूमा पुगेका छौं जुन नेपाल क्रिकेट पहिले पहिले कहिल्यै नसकेको थियो। तपाईंले विगतका वर्षहरूमा मलाई र धेरै युवाहरूलाई प्रेरित गर्नुभयो र हामीलाई यो सुन्दर खेललाई प्रेम गर्न सबै कारणहरू दिनुभयो,' सन्दीपले लेखेका छन्, 'तपाईको भविष्यका प्रयासका लागि हार्दिक शुभकामना र हामी तपाईलाई सकेसम्म धेरै वर्ष नेपालको प्रतिनिधित्व गरेको देख्न चाहन्छौं ।'