एजेन्सी । युरोकप फुटबलको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ ।
इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
ओलम्पिक स्टेडियम हुने उद्घाटन दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । दुबै टिमका मुख्य प्रशिक्षकले पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने बताईसकेका छन् ।
इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिसीले उद्घाटन खेल कठिन हुने भएपछि जितको लागि खेल्ने बताएका छन् ।
'हामीले टर्कीलाई सम्मान गर्छौ । उनीहरु प्रतिभावान टिमले भरिएका छन् । उद्घाटन खेल सधै कठिन हुन्छ र केहि भावनात्मक पनि,' उनले भने, 'यस युरोमा नायक बन्ने चाहना छ । हामी यो गर्न सक्छौ ।'
पछिल्लो नतिजा हेर्दा टर्कीविरुद्ध इटाली हाबी हुने अनुमान गर्न सकिन्छ । इटाली र टर्कीबीच हालसम्म ११ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा टर्कीले इटालीविरुद्ध जित निकाल्न सकेको छैन । दुई टिमबीच इटालीले ८ खेल जितेको छ भने तीन खेल बराबरीमा सकिएको छ ।
तर, इटालीविरुद्ध टर्की आफ्नो शक्ति देखाउन चाहन्छ । टर्कीका मुख्य प्रशिक्षक सेनोल गुनिसले टिम जितका लागि मैदान उत्रने बताउछन् ।
'पहिलो खेल महत्वपूर्ण छ । बराबरी र जितले समूहमा फरकता ल्याउन सक्छ । मलाई आशा छ हामीले पहिलो खेलमा आफ्नो शक्ति देख्ने छौँ,' उनले भने, 'यदि हामी हारेपनि उत्कृष्ट खेल्नु महत्वपूर्ण हुनेछ । आशा छ की यो उत्कृष्ट, रमाइलो खेल हुनेछ । र, हामी जित्ने छौँ ।'