काठमाडौँ। गण्डकीलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कबर्ड हलमा शनिबार सम्पन्न खेलमा पुलिसले गण्डकीलाई ३-० को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२० ले जित्यो। त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो तथा निर्णायक सेटमा पुलिस २९-२७ ले विजयी भयो।
यस्तै, प्रतियोगिताको फाइनलमा शनिबार दिउँसो अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले साविक विजेता टिप टप हेल्प नेपालको सामना गर्दैछ।
महिलातर्फ नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।