काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले आयोजक श्रीलंकासँग मंगलबार खेल्दैछ ।
बंगलादेशलाई हराउँदै प्रतियोगितामा शानदार सुरुआत गरेको नेपालले श्रीलंकासँग खेल्न लागेको हो ।
कोलम्बोमा जारी प्रतियोगिता अपरान्ह सवाँ ४ बजे सुरु हुनेछ । एसियन गेम्स खेलेर फर्किएको नेपालको भलिबल टिम प्रतियोगितामा लयमा देखिएको छ ।
आईतबार नेपालले बंगलादेशलाई हराएर प्रतियोगितामा सुखद सुरुआत गरेको छ । नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको हो ।
बंगलादेशमाथि ५ वर्षपछि जित निकाल्ने क्रममा नेपालले २५–२०, १९–२५, २५–२३, २५–२१ को सेटमा जित निकाल्यो ।
नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ ।