काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसबीचको सम्झौता खारेज गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) मा निवेदन परेको छ ।
क्यानकै केन्द्रीय सदस्यहरुले राखेपका सदस्य सचिव टंक लाल घिसिङलाई सम्झौता खारेजको माग राख्दै निवेदन दिएका छन् ।
सम्झौता खारेजको माग गर्नेमा क्यानका केन्द्रीय सदस्यहरु धर्मराज गिरी, अमितवीर पाण्डे, छुम्बी लामा लगायतका पदाधिकारी रहेका छन् ।
सदस्य सचिवलाई बुझाईएको सम्झौता पत्रमा क्यान र सेभेन थ्री बीचको सम्झौता राष्ट्रघाती र देशद्रोही हुने खालको भएको कारण खारेज गर्न माग गरिएको छ ।
नेपालको आधिकारिक फ्रेन्चाईज क्रिकेट नेपाल टी-ट्वान्टी क्रिकेट लिगको कमर्सियल र रणनीतिक अधिकारसहित क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग सम्झौता गरेको थियो ।
क्यानले खेलकुद मन्त्रीको उपस्थितीमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग नेपाल टी ट्वान्टी लिगका लागि ८ वर्षको सम्झौता गरेको थियो ।
तर, पछिल्लो समय उक्त सम्झौता विवादमा तानिएको छ ।
गत महिना संसद बैठकमा एमाले नेता गोकुल बाँस्कोटाले सम्झौताको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।