काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले आसन्न एन्फा निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
नेम्बाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेम्बाङले नेपाली फुटबल अगाडी बढाउन आफुले उम्मेदवारीको घोषणा गरेको बताए ।
उनले एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शुन्य सहनशीलता विपरित कार्य गरेको बताए ।
'हिजो हामीले भन्ने गरेका थियौं की पारदर्शिता, भ्रष्ट्राचारमा शुन्य सहनशीलता तर त्यसको ठिक विपरित हाम्रो नेतृत्वले काम गरेको छ,' नेम्बाङले भने, 'आज हामी नेपाली फुटबललाई अगाडी बढाउन हामीले उम्मेदवारी घोषणा गरेका हौँ।'
यस्तै विरबहादुर खड्काले नेम्बाङलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
रौतहट जिल्लाला प्रतिनिधि नेपाल कार्कीले जिल्लातर्फबाट नेम्बाङलाई जितको शुभकामना दिदै सबै प्यानललाई जिताउन सहयोग गर्ने बताए ।
क्लबका तर्फबाट सहभागी बासबारी क्लबका अध्यक्ष प्रेम थापाले फुटबल विकासमा अहिलेको नेतृत्वसँग भिजन नरहेको र सिमित मान्छेलाई काखी च्यापेर सानो घेरामा खुसी हुने प्रवृद्दी देखिएको बताए ।