काठमाडौं । काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जन मेयरमा निर्वाचित भएका छन् ।
स्थानिय तहको निर्वाचनमा महर्जन नेपाली कांग्रेसबाट काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिकामा मेयरमा निर्वाचित भएको नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जनले जनाएका छन् ।
महर्जनले निकत्तम प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहरालाई ४ हजार १ सय ८० मत अन्तरले पराजित गरे । महर्जनले ११ हजार ९ सय ८८ तथा बोहराले ७ हजार ८ सय ८ मत प्राप्त गरे ।
निर्वाचित महर्जन सितोरियो करातेका पूर्व खेलाडी भएको सचिव रमेश महर्जनले जानकारी गराए ।