स्पेनलाई हराउँदै इटाली फाइनलमा
इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा जारी इटाली र स्पेनबीचको खेल अतिरिक्त समयमा गएको छ ।
युरोकप अन्तर्गत फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएर मैदान बेहोस भएका एरिक्सनलाई यूईएफएले फाइनल हेर्न निमन्त्रणा दिएको हो ।
आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।
क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।
रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
रोमको स्टाडियो ओलम्पिको स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले १-० गोलको अग्रता बनाएको छ ।
बाकु ओलम्पिक स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बाकु ओलम्पिक स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा डेनमार्कले २-० गोलको अग्रता बनाएको छ ।
इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ । स्टाडियो ओलम्पिकोमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।