एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम क्वाटरफाइनलमा अहिले युक्रेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भईरहेको छ ।
रोमको स्टाडियो ओलम्पिको स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा इंग्ल्यान्डले १-० गोलको अग्रता बनाएको छ ।
खेलको चौंथो मिनेटमा कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरेका हुन् ।

आज इंग्ल्यान्ड र युक्रेन जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छन् ।
इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
युक्रेनलाई हराएर इंग्ल्यान्ड २५ वर्षपछि पहिलो पटक युरोकपको सेमिफाइनलमा पुग्न चाहन्छ । सन् १९९६ पछि इंग्ल्यान्ड सेमिफाइनल पुग्न सकेको छैन ।
युक्रेनले भने स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो ।
इंग्ल्यान्ड र युक्रेनबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ ।
