• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इटालीविरुद्ध स्पेन : प्लेयर्स टु वाच
खेलपाटी संवाददाता
मंगलबार, असार २२, २०७८ खेलपाटी संवाददाता
इटालीविरुद्ध स्पेन : प्लेयर्स टु वाच

एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज (मंगलबार) राति इटाली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज इटाली र स्पेन फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुई ठुला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

प्लेयर्स टु वाच :

लोरेन्जो इन्सिने – इटाली

स्पेनविरुद्ध मैदान उत्रदा इटालीले फरवार्ड लोरेन्जोसँग उत्कृष्ट प्रदर्शनको आशा गरेको छ  । तथ्यांक हेर्दा लोरेन्जोले  प्रत्येक खेलमा टोलीलाई न्याय दिँदै आएका छन् ।

३० वर्षीय स्ट्राइकरले बेल्जियमविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए । उनले गोल समेत गरेका थिए ।  जारी युरोमा उनले ४ खेलमा खेल्दा २ गोल गरिसकेका छन् ।

सिरी ए क्लब नापोलीबाट खेलिरहेका लोरेन्जोले इटालीका लागि ४५ खेलमा १० गोल गरिसकेका छन् । अनुभवी फरवार्डले इटालीको यू-२० र २१ टोलिबाट समेत खेलेका थिए ।

लोरेन्जोले सन् २०१० बाट निरन्तर नापोलीबाट खेलिरहेका छन् ।

सर्जियो बुस्केट्स  – स्पेन

कोरोना संक्रमणको कारण बुस्केट्सले स्विडेनविरुद्धको सुरुवाती खेल गुमाएका थिए । कोरोनाबाट मुक्त हुँदै उनी पोल्याण्डविरुद्धको खेलबाट मैदान फर्किएका थिए ।

३२ वर्षीय डिफेन्सिभ मिडफिल्डरको आगमनसँगै स्पेनले खेलमा समेत लय समातेको थियो । उनकै प्रेरणादायी कप्तानीसँगै स्पेन सेमिफाइनलसम्म आईपुगेको छ । त्यसैले इटालीविरुद्ध स्पेनले उनीसँग धेरै आशा राखेको छ ।

बार्सिलोनाबाट क्लब फुटबल खेलिरहेका बुस्केट्स  २०१० को विश्वकप जित्दाका मुख्य खेलाडी समेत हुन् । ३२ वर्षीय बुस्केट्स बल होल्ड गर्न, लामा सट प्रहार गर्न र अट्याकरलाई बल निकाल्न सिपालु छन् । उनले स्पेनिस टोलीबाट १ सय २६ खेल खेल्दा २ गोल गरेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
स्विडेनलाई ‘ब्राइड्समेड’को ट्याग हटाउने अवसर
उमेर ३८, गोल ५५
उमेर ३८, गोल ५५
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
वर्षा बेञ्चमा, मीना सुरुआती ११ मा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
आदिलसहित ३२ खेलाडी बन्द प्रशिक्षणमा
जावलाखेलको दोस्रो जित
जावलाखेलको दोस्रो जित
इन्डियन सुपर लिग स्थगित
इन्डियन सुपर लिग स्थगित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP