काठमाडौं । साइपाल र मोर्गनले नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा शनिबार जित हात पारेका छन् ।
साइपालले आयोजक बर्नहार्टलाई ३६–१९ ले पराजित गर्यो । साइपालको जितमा अस्मिता मगरले १४ अंक योगदान गरिन् । सिमरन महर्जनको १३ अंक सहयोगमा मोर्गनले ग्रिनफिल्डलाई २९–१८ ले हरायो ।
ब्वाइजमा एलआरआईले ग्रिनफिल्डलाई ५३–१५, होली भिजनले अर्निकोलाई २२–१३, समृद्धिले मोर्गनलाई ५३–४६ र न्यु जेनिथले सीसीआरसीलाई ६०–४२ ले पाखा लगाए ।
एलआरआईका लुजन महर्जनले १२, होली भिजनका अशिम लामाले ९, समृद्धिका आयुश महर्जनले २२ र न्यु जेनिथका संकेत शाहीले ३१ अंक जोडे ।