काठमाडौँ। दीपेन्द्रसिंह ऐरी ३ रन बनाएर पेभिलियन फर्किएका छन्।
योसँगै दोस्रो टी-२० मा वेस्ट इन्डिज ‘ए’ विरुद्ध १६१ रनको लक्ष्य पछ्याइरहेको नेपालले सातौँ विकेट गुमाएको छ।
५ बलमा ३ रन बनाएका दीपेन्द्र ओबेद म्याक कोएको बलमा रोस्टन चेजबाट क्याच आउट भएका हुन्।