काठमाडौं । एसियन पब्लिक स्कुल र एआईएले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा एसियनले केइएसलाई ५२–१४ ले पराजित गर्यो । एसियनको जितमा सिमन गुरुङले ३० अंक योगदान गरे । गौरव नेपालको १० अंक सहयोगमा एआईएले स्पाङगेललाई १६–४ ले हरायो ।
सिनियर ब्वाइजमा केइएसले विज किड्सलाई ५०–२७, एआईएले स्नो एपेक्सलाई ३०–१०, न्यु समिटले भद्र घलेलाई २६–२१ र डन बस्कोले काठमाडौं नेसनल स्कुललाई २८–२१ ले पाखा लगाए ।
सिनियर गल्र्समा विज किड्सले केइएसलाई ३७–१२, इनोभेटिभले हेम्सलाई ४४–१४, सेवा सदनले पञ्चायणलाई ८–२, स्वप्न वाटिकाले अल्बर्टलाई २७–१२ र भद्र घलेले काठमाडौं नेसनललाई १४–८ ले पन्छाए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ २३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।