काठमाडौं । रेडिअन्ट र ज्ञान निकेतन आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रेडिअन्टले न्यु भिजनलाई २३–१५ ले पराजित गर्यो । रेडिअन्टका सुवास गौतमले ६ अंक जोडे । ज्ञान निकेतनले जेनिथलाई ३७–१५ ले हरायो । ज्ञान निकेतनका देविस मगरले २६ स्कोर गरे ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले होली भिजनलाई ६२–३२, रेडिअन्टले काठमाडौं भ्यालीलाई ४०–१८, आयोजक ग्रिनफिल्ड ‘ए’ ले कान्तिपुरलाई ४७–२६ र पुष्पसदनले हर्टल्यान्डलाई ४९–३३ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा पुगे ।
ज्ञान निकेतनका विवेककुमार यादवले २८, रेडिअन्टका भुपेन्द्र बस्नेतले १४, ग्रिनफिल्ड ‘ए’ का सौरभ पौडेलले १९ र पुष्पसदनका कर्मा गुरुङले १६ अंक बटुले ।
सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले दुर्गा भवानीलाई २८–१२ ले पराजित पार्यो । सिद्धार्थ बनस्थलीका यशोश्री गुप्ताले १२ अंक जोडे ।