प्रथम बृहत राष्ट्रिय पारा खेलकुदअन्तर्गत राष्ट्रिय पारा जुडो प्रतियोगिताको पुरुष ४५ केजीमा प्रसाई रुम्बाले शनिबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा किरण दाहाल, ६० केजीमा आनन्द पाण्डे, ६६ केजीमा आदित्य शेर्पा र ७३ केजीमा मनोज भट्टले स्वर्ण जिते ।