एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लबका एक खेलाडी बाल यौन शोषणको आरोपमा पक्राउ परेका छन् ।
म्यानचेस्टर प्रहरीले शुक्रबार बाल यौन शोषणको आरोपमा एक खेलाडीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ३१ वर्षीय खेलाडीको परिचय गोप्य राखिएको छ ।
तर, उनी एभर्टनका खेलाडी रहेको बताईएको छ ।
प्रहरीले उनीमाथि अनुसन्धान भईरहेको जनाएको छ ।
प्रहरीले पक्राउ गरेपछि क्लबले समेत उनलाई निलम्बन गरिसकेको बताईएको छ ।