एजेन्सी । कीर्तिमानी जमैकन धावक युसेन बोल्टलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
जमैकाको रेडियो नेसनवाइड रेडियोले कीर्तिमानी धावक बोल्टलाई कोरोना संक्रमण भएको जनाएका छन् ।
३४ वर्षीय धावक बोल्टले जमैकामा जन्म दिनको पार्टी गरेपछि गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको डेलीमेल अनलाईनले जनाएको छ ।
उक्त जन्म दिनको पार्टीमा म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका स्टार रहिम स्ट्रर्लिङ समेत सामेल भएको डेलीमेलले जनाएको छ ।
यस्तै बायर लिवरकुसेनका लियोन बेलीको समेत उपस्थिति रहेको बताईएको छ ।
कोरोना देखिएपछि बोल्ट आईसोलेसनमा बसेको बताईएको छ ।
बोल्टले ट्रयाक एन फिल्डबाट तीन वर्षअघि सन्यास लिएका थिए ।
इंग्ल्यान्डमा भएको विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले आफ्नो खेल करियरमध्ये ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् ।
बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।