बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

लुम्बिनी अपराजित हुँदै शीर्ष स्थानमा, सुदूर पनि विजयी

बिहिबार, १५ कार्तिक २०८१खेलपाटी संवाददाता
लुम्बिनी अपराजित हुँदै शीर्ष स्थानमा, सुदूर पनि विजयी
Loading ad...
mustang rice ad

विराटनगर। विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र सूदुरपश्चिम प्रदेशले विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत बिहीबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा सूदुरपश्चिमले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सबै विकेट गुमाई १ सय २ रनको झिनो योगफल बनायो। गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रन बनाउँदा सिब्रिन श्रेष्ठले २५ रनको योगदान दिए।

सुदूरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए। उनले ८.५ बलमा ३ मेडन राख्दै १३ रन मात्र खर्चिएका थिए। सचिनबाहेक हेमन्त धामी र युवराज खत्रीले समान २–२ विकेट लिए।

१०३ रनको झिनो लक्ष्य पाएको सुदूरले २६ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो। सुदूरका आशिष लुहारले ३९ रन बनाउँदा युवराज खत्रीले नटआउट २७ रन र  नरेन साउदले नटआउट २० रनको योगदान दिए।

गण्डकीका अपराजित पौडेलले ३ विकेट लिँदा किरण भट्टराई र सिब्रिन श्रेष्ठले १–१ विकेट दिए। सुदूरले ३ खेलमा २ मा जित हात पार्दै ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै नेट रन रेटको आधारमा तेस्रो स्थानमा झरेको छ।
 

त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा लुम्बिनीले  बागमती प्रदेशलाई १ सय २ रनको विशाल अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई ७८ रन बनायो।

यो स्कोर यस प्रतियोगिताको उच्च स्कोर हो। यसअघि उच्च स्कोर बागमतीले गण्डकीविरुद्ध २२९ रन बनाएको थियो। लुम्बिनीका आकाश त्रिपाठीले ७७ रन बनाउँदा सन्तोष यादवले ६३ रन र दिल्साद अलीले नटआउट ५४ रन बनाए। बागमतीका दयानन्द मण्डल र दिनेश विष्टले २–२ विकेट लिए।
 
२७९ रनको विजयी लक्ष्य पाएको बागमतीले ४४.४ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो। बागमतीका रोशन विश्वकर्माले अविजित ७३ रन बनाउँदा सुर्यान्सु कोइरालाले ३२ रन र राजेश बोहराले २१ रनको योगदान दिए। लुम्बिनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट दिए।

यादवले १० ओभर बलिङ गर्दै २ मेडन ओभर गर्दै २४ रन मात्र दिए भने त्रिपाथीले ७ दशमलव ४ बलमा ३३ रन दिएका थिए। खेलको प्लेयर अफ द म्याच त्रिपाथी  घोषित भए। लुम्बिनीले खेलेको ४ खेलमै अपराजित हुँदै ८ अंकका साथ शीर्ष स्थान यथावत् रहेको छ भने बागमतीले खेलेको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित हुँदै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ।
 
शुक्रबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेश र सुदूरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुनेछ  ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

फुटबलरको ज्यान बचाउन पानी बेच्दै युवा

पेनाल्टी हान्दा यमल घाइते

पेनाल्टी हान्दा यमल घाइते