मनाङले टुंग्यायो जितविहीन यात्रा
अन्ततः सुजन डंगोलको उत्कृष्ट प्रदर्शनमा मनाङ मस्र्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जितविहीन यात्रा टुंग्याएको छ ।
अन्ततः सुजन डंगोलको उत्कृष्ट प्रदर्शनमा मनाङ मस्र्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा जितविहीन यात्रा टुंग्याएको छ ।
पहिला एन्फासँग लिएको सेप्टेम्बर–अक्टोबरमा एनएसएल आयोजना गरिएन, नयाँ अवधि अहिलेसम्म टुंगो लागेको छैन
अर्जेन्टिनी टिमका कप्तान लिओनल मेसी सन् २०२३–२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन्। उनी मनोनयनमा पर्ने युरोपेली लिगबाहिरका एक्लो खेलाडी हुन्।
रासमस होजलुन्डको उत्कृष्ट प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेडले बिहीबार राति युरोपा लिगको खेलमा नर्वेजियन टोली बोडो ग्लिम्टलाई ३–२ ले पराजित गरेको छ।
मंगलबार मात्रै न्युरोड टिम (एनआरटी) ले शीर्ष स्थान खोसेको विभागीय टोली नेपाल पुलिस क्लबलाई ललित स्मृति एन्फा यु–१८ युथ लिगमा संकटा फुटबल क्लबले अर्को धक्का दिएको छ ।
एन्फा यु–१६ लिग पुसमा हुने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एन्फा र ‘ए’ डिभिजन क्लबबीच भएको बैठकले पुस १२ गतेदेखि लिग सञ्चालन गर्ने निर्णय गरेको हो। पहिलो संस्करणको लिग मच्छिन्द्र फुटबल क्लबले जितेको थियो।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफू पुनरागमन गर्ने लक्ष्यमा रहेको बताएका छन्।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार एस्टन भिल्ला र युभेन्टसबीचको खेल गोलरहित बराबरीमा टुंगियो। खेलमा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले फेरि एकपल्ट आफ्नो उत्कृष्ट प्रदर्शन दिँदै सबैको ध्यान खिच्न सफल भए।
केलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर रियल मड्रिड बसाइ सर्नुको मुख्य उद्देश्य पहिलो सिजनमै च्याम्पियन्स लिग जित्नु रहेको बताएका थिए। तर, बुधबार लिभरपुलसँगको २–० को हारपछि रियल प्रतियोगिताबाट छिट्टै बाहिरिने जोखिम बढेको छ।
विनायक थारुको निर्णायक गोलसँगै न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगको शीर्ष स्थानमा उक्लिएको छ।
ओडेगार्ड फर्किएपछि आर्सनल अपराजित छ। अझ महत्त्वपूर्ण कुरा त विपक्षीको पोस्टमा धमाधम गोल बर्साउन थालेको छ। शनिबार नटिङ्घम फरेस्टमाथि ३–० को जितपछि मंगलबार लिस्बनविरुद्ध आर्सनलले सिजनकै ठूलो जित दर्ता गर्यो।
रोबर्ट लेवान्डोस्कीले च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। बार्सिलोनाले ब्रेस्टविरुद्ध ३–० को जित हासिल गर्दा १०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।