शनिबार, ०३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो

शुक्रबार, १४ मंसिर २०८१खेलपाटी संवाददाता
सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो
mustang rice ad

काठमाडौं। अर्जेन्टिनी टिमका कप्तान लिओनल मेसी सन् २०२३–२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन्। उनी मनोनयनमा पर्ने युरोपेली लिगबाहिरका एक्लो खेलाडी हुन्।

अमेरिकाको मेजर लिग सकर (एमएसएल) क्लब इन्टर मायमीमा हात पारेको उपलब्धि र अर्जेन्टिनासँग जितेको कोपा अमेरिकाको उपाधिले मेसीलाई उत्कृष्ट ११ पुरुष फुटबलरको सूचीमा उभ्याएको हो। तथ्यांक र उपलब्धिमा उनको करिअरसँग तुलना गर्दै आएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेनन्। उनी साउदी अरेबियन क्लब अल नासरमा खेलिरहेका छन्।

बार्सिलोना र पीएसजीका पूर्वखेलाडी मेसी फिफा दि बेस्ट अवार्डका सर्वाधिक ३ पल्टका विजेता हुन्। उनले पछिल्ला दुई (सन् २०२२ र २०२३) मा पनि सर्वोत्कृष्ट पुरुष फुटबलरको अवार्ड जितेका थिए। पोर्चुगिज स्टार रोनाल्डो र पोल्यान्डका रोबर्ट लेवन्डोव्स्कीले २–२ पल्ट अवार्ड हात पारेका थिए भने क्रोएसियन मिडफिल्डर ल्युका मोडरिचले एकपल्ट जितेका थिए।

यसपालि मेसीले अवार्ड जित्न युरोपेली लिग खेलिरहेका १० खेलाडीसँग कडा प्रतिस्पर्धा हुनेछ। मनोनयनमा स्पेनी क्लब रियल मड्रिडका किलियन एम्बाप्पे (फ्रान्स), जुड बेलिंघम (इङ्ल्यान्ड), डानिएल कार्भाहाल (स्पेन), फेडेरिको भाल्भेर्डे (उरुग्वे) र भिनिसियस जुनियर (ब्राजिल) छन्। म्यानचेस्टर सिटीका इर्लिङ हालान्ड (नर्वे) र रोड्रिगो हर्नान्डेज (स्पेन), बायर लेभरकुजनका फ्लोरियन विर्ज (जर्मनी), बार्सिलोनाका नयाँ स्टार लेमिन यमल (स्पेन) र संन्यास लिइसकेका रियलकै पूर्वप्लेमेकर टोनी क्रुज (जर्मनी) पनि छन्।

फिफाले सार्वजनिक गरेको मनोनयन सूचीमा विश्वकप २०२२ च्याम्पियन टिम अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनी र गोलकिपर एमिलानो मार्टिनेज पनि आ–आफ्ना विधामा मनोनयनमा परेका छन्। उत्कृष्ट प्रशिक्षकको मनोनयनमा स्कालोनीसँगै रियलका कार्लो एन्सेलोटी, युरो कप विजेता स्पेनका लुईस डे ला फ्युएन्टे, प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजनका जाबी अलोन्सो छन्।

यो अवार्डको नवौं संस्करणको लागि फिफाले सर्वोत्कृष्ट महिला फुटबलर, गोलकिपर र प्रशिक्षकको मनोनयन पनि सार्वजनिक गरेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय पुलिसमाथि प्लानिङको जित

विभागीय पुलिसमाथि प्लानिङको जित

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल

Bajaj Pulsar Motorcycle Ad
अभिकलाई ५ अंकको अग्रता

अभिकलाई ५ अंकको अग्रता

विभागीय पुलिसमाथि प्लानिङको जित

विभागीय पुलिसमाथि प्लानिङको जित

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

रविन्द्रसहित तीन जना कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा सिफारिस

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने