पुनरागमन गर्ने लक्ष्यमा रोड्री
बिहिबार, मंसिर १३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफू पुनरागमन गर्ने लक्ष्यमा रहेको बताएका छन्।
गत महिना बालोन डी’ ओर जितेका स्पेनिस २८ वर्षीय मिडफिल्डरको गत सेप्टेम्बरमा आर्सनलसँग २–२ को बराबरी खेल्दा लिगामेन्टमा चोट लागेपछि शल्यक्रिया गरिएको थियो। मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले यस सिजन उनी नखेल्ने बताएका थिए।
‘मेरो लक्ष्य यो सिजनमा पुनरागमन गर्ने हो। मलाई थाहा छैन यो सम्भव कहिले हुन्छ,’ उनी भन्छन्। सिटी प्रिमियर लिगको दोस्रो स्थानमा छ र आइतबार शीर्ष स्थानमा रहँदा लिभरपुलसँगको ८ अंकको अन्तर कम गर्ने प्रयासमा हुनेछ।









-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


