कठिन लडाइँमा आर्सनल
पिएसभी आइन्धोभेनमाथि समग्रमा ९–३ को जित निकाल्दै आर्सनलले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रियल मड्रिडसँग भिड्ने तयारी गरेको छ।
पिएसभी आइन्धोभेनमाथि समग्रमा ९–३ को जित निकाल्दै आर्सनलले च्याम्पियन्स लिग क्वार्टरफाइनलमा रियल मड्रिडसँग भिड्ने तयारी गरेको छ।
आर्सनलले क्वार्टरफाइनलमा १५ पल्टको च्याम्पियन रियल मड्रिडको सामना गर्दा भिल्लाले पहिलो उपाधिको खोजीमा रहेको पिएसजीलाई चुनौती प्रस्तुत गर्नेछ।
निर्धारित समयमा एट्लेटिकोले १-० को जित दर्ता गरेपछि समग्र स्कोर २-२ बराबरी भएको थियो। यसअघि रियलले नकआउट प्लेअफमा म्यानचेस्टर सिटीलाई हराएको थियो।
‘ए’ लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै थ्री स्टार क्लबले नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनलमा थ्री स्टार २–० ले विजयी भएको हो।
१५ वर्षीय फरवार्ड अल्भेसलाई पहिलोपल्ट स्पेनको उमेर समूहको टोलीमा बोलाइएको हो। उनी स्पेनको राजधानी मड्रिडमा जन्मिएका थिए।
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट पाँच खेलाडी बाहिरिएका छन्। नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ।
सरस्वती युथ क्लबले कठिन जितसहित सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा सरस्वतीले बाँसबारी क्लबलाई २–१ ले हराएको हो। जितसँगै सरस्वतीले तीन अंक जोडेको छ।
नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियन क्लबले अंक बाँड्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुरुआत गरेका छन्। दुवै टोलीले केही अवसर प्राप्त गरे पनि गोलमा परिणत गर्न सकेनन्।
सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब बाँसबारीले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई मुख्य प्रायोजकको रूपमा भित्र्याएको छ।
केनले पछिल्लो साता पहिलो लेगमा दुई गोल गरेका थिए। दोस्रो लेगमा उनले ५२औं मिनेटमा जोशुआ किम्मिचको पासलाई उपयोग गर्दै ट्याप–इन गोल गरे। योसँगै उनी च्याम्पियन्स लिगको एकै सिजन १० गोल गर्ने पहिलो इङ्ग्लिस खेलाडी बनेका छन्।
गोलकिपर जियानलुजी डोनारुम्माले महत्त्वपूर्ण बचाउ गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा लिभरपुलविरुद्ध जित दिलाए। यससँगै पिएसजीले बार्सिलोना, बायर्न म्युनिख र इन्टर मिलानसँगै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
ब्राजिलियन फरवार्ड राफिन्हाको दुई गोलले बार्सिलोनालाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्याएको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले बेन्फिकामाथि ३–१ को जित हात पारेको हो। समग्रमा ४–१ को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।