च्याम्पियन्स लिगको दौडमा कायम न्युक्यासल, रेलिगेसननजिक लेस्टर
न्युक्यासल युनाइटेडले सोमबार राति लेस्टर सिटीमाथि ३–० को सजिलो जित निकाल्दै च्याम्पियन्स लिगको स्थानको दौडमा पकड बनाएको छ।
न्युक्यासल युनाइटेडले सोमबार राति लेस्टर सिटीमाथि ३–० को सजिलो जित निकाल्दै च्याम्पियन्स लिगको स्थानको दौडमा पकड बनाएको छ।
‘ए’ डिभिजन डर्बीमा फ्रेन्ड्स क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसहित ११ फुटबल खेलाडी एपिएफको जागिरे भएका छन्। एपिएफले करारमा रहेका फुटबल खेलाडीलाई जागिर दिएको हो।
३४ वर्षे डच डिफेन्डरको सम्झौता यस सिजनपछि समाप्त हुँदैछ। उनीसँगै लिभरपुलका दुई अन्य स्टार खेलाडी मोहम्मद सलाह र ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डको पनि सम्झौता सकिँदैछ। यी तीन खेलाडीले सन् २०१९ मा च्याम्पियन्स लिग र २०२० मा प्रिमियर लिगको उपाधि जितेका थिए।
ब्वाइज युनियन क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गरेको हो।
२२ महिनाअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अंक तालिकामा पुछारमा रहेर एफसी खुमलटार र विभागीय एपिएफ क्लब रेलिगेसनमा परेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ‘ए’ डिभिजनका क्लब सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरले त्रिभुवन आर्मी क्लब छाडेकी छन्।
यमन महर्जनको निर्णायक गोलसँगै श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन्।
यु–१९ राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका खेलाडीको संख्या घटाएका छन्। सुरुमा ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो। त्यसपछि उनले १६ खेलाडीलाई घटाउँदै प्रशिक्षण दिइरहेका थिए। तर, सोमबार ४२ बाट पनि नौ खेलाडी घटाएर ३३ मा ल्याइपुर्याइएको हो।
गत अक्टोबरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित साफ महिला च्याम्पियनसिपदेखि नै वेस्टह्यामका पूर्वमिडफिल्डर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशी टोलीमा विवाद उत्पन्न भएको छ।