लामोसाँघु। रमित तामाङको ह्याट्रिक गोलमा बाह्रदेवी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी शुरूआत गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेलमा बिहीबार सम्पन्न पहिलो खेलमा श्री राइजिङ यूथ क्लबलाई ३-० ले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रमितले दोस्रो हाफमा ३ गरेका हुन्। तुलनात्मक रूपमा बल पोजिसनमा राम्रो पकड जमाएको बाह्रदेवीले खेलमा स्कोर गर्न दोस्रो हाफसम्म कुर्नु पर्यो।
जितसँगै समूह ‘बी’ मा रहेको बाह्रदेवीले ३ अंक जोडेको छ। श्री राइजिङले भने पराजयबाट प्रतियोगिताको शुरूआत गरेको छ।