काठमाडौँ। कोपा इटालियाको उपाधिका लागि एटलान्टा र युभेन्ट्स भिड्ने भएका छन्।
गेविस स्टेडियममा बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा फियोरेन्टिनालाई ४-१ गोल अन्तरले पराजित गर्दै एटलान्टा उपाधिनजिक पुगेको हो।
पहिलो लेगमा फियोरेन्टिना १-० ले विजयी भएको थियो। उपाधिनजिक पुगेको एटलान्टाले समग्रमा ४-२ गोल अन्तरको जित हासिल गर्यो।
लाजियोलाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनल पुगिसकेको छ। अब यी दुई टोलीले उपाधिका लागि मे १६ मा खेल्ने छन्।
खेलको आठौँ मिनेटमा ट्यून कूपमेनर्सले गोल गर्दै एटलान्टालाई शुरूआती अग्रता दिलाए। ६८औँ मिनेटमा लुकास मार्टिनेजले गोल गर्दै फियोरेन्टिनालाई खेलमा फर्काए।
उनले क्रिस्टियानो बिरागीको पासमा गोल गरेका थिए। ७५औँ मिनेटमा जियानलुका स्कैमैकाले गोल गर्दा एटलान्टा खेलमा २-१ ले अगाडि रह्यो।
दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा एडेमोला लुकमेनले गोल गर्दा एटलान्टा ३-१ को स्थितिमा पुगेको थियो। आठौँ मिनेटमा मारियो पासालिकले गोल गर्दा एटलान्टा खेलमा ४-१ ले विजयी भयो।