काठमाडौँ। मनोहरा युनाइटेड यूथ क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबलाई हार चखाएको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय बुधबार सम्पन्न दिनको दोस्रो खेलमा मनोहराले पुल्चोकलाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
दोस्रो स्थानमा रहेको पुल्चोकको यो पहिलो हार हो। पुल्चोकको ४ खेलबाट ९ अंक छ। समान खेल खेलेको मनोहरा ९ अंकसहित शीर्ष चारमा उक्लिएको छ।
खेलको २४औँ मिनेटमा सञ्जयले गोल गर्दै मनोहरालाई शुरूआती अग्रता दिलाएका थिए। ५१औँ मिनेटमा विवश मगरले गोल गर्दै मनोहराको अग्रता दोब्बर बनाए।
७८औँ मिनेटमा लीलाबहादुर थापामगरले गोल गर्दा मनोहराले खेलमा ३-0 को अग्रता बनायो। ८०औँ मिनेटमा सिरब लो तामाङले गोल गर्दै पुल्चोकको खाता खोले।
तर, ८९औँ मिनेटमा सञ्जयले व्यक्तिग दोस्रो गोल गरेपछि मनोहरा ५-१ ले विजयी भयो।