काठमाडौँ। क्याटलान क्लब बार्सिलोनाले कप्तान सर्गी रोबर्टोसँग सम्झौता थप गर्ने भएको छ। बार्सिलोनाले यस समरमा उनीसँग सम्झौता थप गर्ने भएको हो।
३२ वर्षीय मिडफिल्डर पछिल्लो दुई सिजनको लागि छोटो अवधिको सम्झौतामा छन्। उनी बार्सिलोनासँग सम्झौता थप गर्न इच्छुक रहेका छन्।
रोबर्टोले हाल फिटनेस समस्याहरूको सामना गरिरहेका छन्। तर, बार्सिलोनाले निरन्तर युवा टोलीलाई प्राथमिकता दिँदै आएको छ।
उनको उपस्थिति अर्को सिजन रोटेशनल विकल्पको रूपमा उपयोगी हुन सक्छ। १९ खेल खेलका उनले यस सिजन ५ गोलमा योगदान दिएका छन्।