काठमाडौँ। उल्भ्सलाई पराजित गर्दै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा पुनरागमन गरेको छ।
मोलिनक्स स्टेडियममा शनिबार राति सम्पन्न खेलमा पाहुना टोली आर्सनलले उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो।
जितसँगै ३३ खेल खेलेको आर्सनलले ७४ अंक जोडेको छ। एक खेल कम खेल्दै दोस्रो स्थानमा रहेको सिटीको ७३ र तेस्रोमा रहेको लिभरपुलको ७१ अंक रहेको छ।
आर्सनलको जितमा लिओन्ड्रो ट्रोसार्ड र मार्टिन ओडगार्डले गोल गरे।
पहिलो हाफको अन्त्यतिर ग्रेब्रियल यशुको पासमा लिओन्ड्रोले गोल गर्दै आर्सनललाई शुरूआती अग्रता दिलाए।
दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई २-० ले विजयी बनाए।