काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा खालीबारी युथ क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रसँग बराबरीमा रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेसमा बुधबार सम्पन्न खेलमा खालीबारी समाज कल्याणसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खालीबारीका रोनाल राईले गोल गरे। समाज कल्याणका निरज परियारले बराबरी गोल फर्काए। खेलको २२औँ मिनेटमा रोनालको गोलबाट खालीबारीले शुरूआती अग्रता बनाएको थियो।
तर, ६३औँ मिनेटमा समाज कल्याण खेलमा फर्कियो। निरजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। त्यसपछि बाँकी समय थप गोल हुन नसक्दा खालीबारीले अंक बाँड्यो।
योसँगै ३ खेलमा १ जित र २ बराबरी खेलेको समाज कल्याणको ५ अंक पुगेको छ। समान खेलबाट १ हार र २ बराबरी खेलेको खालीबारीको २ अंक रहेको छ।