काठमाडौँ। शुरूआती अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटी यूईफएए च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लिगमा रियल मड्रिडसँग बराबरीमा रोकिएको छ।
सान्टियागो बर्नाबेउमा मंगलबार राति सम्पन्न खेलमा सिटी घरेलु टोली रियलसँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई शुरूआती अग्रता दिलाए । १२औँ मिनेटमा रियल खेलमा फर्कियो।
एडुवार्डो कामाभिन्गाले डीबक्स बाहिरबाट गरेको प्रहार सिटीका डिफेन्डर रुबेन डियासलाई लाग्दै गोलमा परिणत भयो।
१४औँ रोड्रीगोले गोल गर्दै रियललाई अग्रता दिलाए। उनले भिनिसियस जुनिअरको पासमा गोल गरे। ६६औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए। उनले जोन स्टोन्सको पासमा गोल गरे।
त्यसको पाँच मिनेटपछि जोस्को ग्वार्डियोलले गोल गर्दै सिटीलाई पुन: अग्रता दिलाए।
तर, ७९औँ मिनेटमा फेडेरिको भाल्भर्डेले गोल गरे र खेल ३-३ मा सक्काए।