काठमाडौँ। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर कोबी माइनुले शनिबार ब्रेन्टफोर्डसँग हुने प्रिमियर लिगको खेल गुमाउने सम्भावना बढेको छ।
गत शनिबार ब्राजिलविरुद्ध उनले इंग्ल्यान्डको सिनियर टोलीमा डेब्यु गरेका थिए। मंगलबार राति बेल्जियमविरुद्ध उनी 'म्यान अफ द म्याच' बनेका थिए ।
तर, उनले अस्वस्थ महसुस गर्न थालेका छन्। त्यसैले उनी बिहीबार युनाइटेडको प्रशिक्षण सत्रमा उपस्थित हुन सकेनन्। शुक्रबार भने उनी प्रशिक्षणमा उपस्थित थिए। मुख्य प्रशिक्षक एरिक टेन ह्याग उनले खेल खेल्ने या नखेल्ने अझै टुंगो लागिनसकेको बताए।
'पूर्ण रूपमा निको भएका छैनन्। त्यसैले उनी खेल्छन् या खेल्दैनन् मलाई थाहा छैन। तर, किक अप हुन धेरै घण्टा बाँकी छ। त्यसैले हामी आशा गर्दछौ उनी मैदान उत्रिने छन्,' ह्यागले भने।
कोबीले प्रिमियर लिगमा १४ खेल खेलेका छन्। गत महिना उल्भ्सविरुद्ध युनाइटेडले ४–३ को नाटकीय जित हासिल गर्दा उनले खेलको अन्तिमा गोल गरेका थिए।
माइनु ९ वर्षको उमेरमा युनाइटेडमा आवद्द भएका थिए। इङ्ल्यान्डको यू १८ र १८ टोलीबाट ७ खेल खेलेका उनले सन् २०२३ मा चार्लटन एथलेटिकविरुद्ध लिग कपमार्फत् युनाइटेडमा डेब्यु गरेका थिए।
गत वर्ष नोभेम्बरमा एभर्टनविरुद्ध उनी शुरूआती ११ मा मैदान उत्रिएका थिए। जनवरीमा न्युपोर्टमा युनाइटेडले एफए कप जित्दा क्लबका लागि उनले पहिलो गोल गरेका थिए।