काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको विश्व वरियतामा ५ स्थान सुधार भएको छ ।
साउदी अरबमा हालै सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलेको नेपालको महिला टिमले फिफा वरियतामा छलाङ हानेको हो ।
नेपालको महिला फुटबल टिम फिफा वरियतामा शीर्ष सय भित्र पर्न सफल भएको छ । नेपालले ५ स्थान सुधार गर्दै विश्व वरियताको शीर्ष सय भित्र अटाएको हो ।
गत महिना सम्पन्न वाफ च्याम्पियनसिपको फाइनलसम्म पुगेको नेपाल उपाधि भिडन्तमा जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
फिफा विन्डो अन्तर्गत आयोजना भएको प्रतियोगितामा नेपालले फाइनलसम्म शानदार प्रर्दशन गरेको थियो ।
विश्व वरियतामा स्पेन शीर्ष स्थानमा रहदाँ इङ्ल्याण्ड दोस्रो, फ्रान्स तेस्रो, यूएस चौथों र जर्मनी पाँचौं स्थानमा छन् ।
महिला फुटबलमा एसियाबाट जापान सातौं स्थानमा रहदाँ छिमेकी भारत ६६ औं स्थानमा छ ।