काठमाडौं । ब्राजिली स्टार नेयमारको साउदी क्लब अल हिलालले विश्व कीर्तिमान कायम गरेको छ ।
लगातार २८ खेलमा जित निकाल्दै अल हिलालले विश्व कीर्तिमान बनाएको हो ।
साउदी प्रो टिमले करिम बेन्जिमाको क्लब अल इतिहादलाई २–० ले हराउँदै नयाँ कीर्तिमान बनाएको हो । उसले वेल्स प्रिमियर लिगको क्लब द न्यू सेन्ट्सले सन् २०१६÷१७ को सिजनमा बनाएको लगातार २७ जितको कीर्तिमानलाई तोडेको हो ।
मंगलबार अल हिलालले समग्रमा ४–० को नतिजा निकाल्दै एसियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
‘यो निकैनै उद्धितिय उपलब्धि हो । क्लबका साथैलाई धन्यवाद दिन चाहन्छु । यो कीर्तिमानी यात्रामा सहकार्यका लागि ।’ पोर्चुगिज प्रशिक्षक जर्ज जिससले भनेका छन् ।
अल हिलालमा ब्राजिली सुपर स्टार नेयमार रहेका छन् । तर चोटका कारण उनले सुरुवातबाट अल हिलालका लागि खेल्न पाएनन् । तर ब्राजिली सुपर स्टार बिनै अल हिलालले जितको नयाँ रेकर्ड कायम राखेको हो ।