काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर पाउल पोग्बा अनुबन्धको लागि तयारी थालेको छ ।
युभेन्ट्सले फ्रान्सेली मिडफिल्डरलाई फ्री ट्रान्सफरमा अनुबन्धको तयारी गरेको हो ।
युभेन्ट्सले पोग्बालाई क्लब फर्काउन करिब ८ मिलियन युरो तलबको प्रस्ताव गरेको बताईएको छ ।
पोग्बाले बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडसँगको सम्झौता अन्त्य गरेका थिए ।
२९ वर्षीय पोग्बा २०१६ मा युभेन्ट्सबाटै युनाईटेड फर्किएका थिए ।
युनाईटेडको एकेडेमीमा हुर्किएका पोग्बा २०१२ मा इटाली गएका थिए।
पोग्बाले युनाईटेडका लागि २ सय २६ खेल ३९ गोल गरेका थिए ।