काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २-१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरे ।
खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५२ औं मिनेटमा नोलिटोले गोल गर्दै सेल्टालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७० औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
त्यसअघि उनले ६४ औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल भएका थिए ।
यस्तै ४० औं मिनेटमा सेल्टाका गाल्हार्डोले गरेको गोलले मान्यता पाएन ।
यस जितसँगै रियलले ३० खेलमा ६९ अंक जोडेको छ । सेल्टा ३६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।