काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बायर्नले फ्रेईवर्गलाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको ५८ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
६३ औं मिनेटमा निल्स पिटरसेनले गोल गर्दै फ्रेईवर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७३ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।
८२ औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको इन्जुरी समयमा मार्सल सबिट्जरले गोल गर्दै बायर्नलाई ४-१ को जित दिलाए ।
तर, जित निकालेको खेलमा बायर्नले १२ खेलाडी मैदान उतारेपछि खेल केहि समय रोकिएको थियो ।
जितसँगै बायर्नले २८ खेलमा ६६ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा रहेको छ ।
फ्रेईवर्ग ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।