काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली एपीएफ क्लबले फराकिलो जित निकालेको छ ।
चितवनको भरतपुरमा शनिबार भएको खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ८-१ गोल अन्तरले हराएको हो।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन् ।
मन्जली कुमारी योन्जनले २ तथा अनिता बस्नेत र अनिता केसीले एक एक गोल गरिन् ।
चन्द्रपुरकी सुमित्रा सिंह पाख्रिनले एक गोल फर्काईन ।
एपीएफको यो लगातार चौंथो जित हो ।
जितसँगै एपीएफले ४ खेलमा १२ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा उक्लिएको छ ।
चन्द्रपुर १ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
अर्को खेलमा त्रिभुवन आर्मी क्लबले धनगढी उपमहानगरपालिकालाई ६-० ले हराएको छ ।