काठमाडौं । स्पेनिस क्लब सेभियासँग सम्झौता गर्न फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियल स्पेनको सेभिया पुगेका छन् ।
सेभिया र इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबीच सहमति बनेपछि मार्सियल मंगलबार सेभिया पुगेका हुन् ।
सेभियाले मार्सियललाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गर्न लागेको हो । मेडिकलपछि औपचारिक सझौता हुनेछ ।
२६ वर्षीय स्ट्राइकर मार्सियल सन् २०१५ मा मोनाकोबाट युनाईटेड आएका थिए ।
त्यति बेला युनाईटेडले उनका लागि ३ करोड ६० लाख पाउन्ड तिरेको थियो र यसक्रममा उनी सर्वाधिक महँगा किशोर खेलाडी भएका थिए ।
युनाईटेडका लागि उनले २ सय ६८ खेल खेल्दै ७९ गोल गरेका छन् ।
मार्सियलले यस सिजन दुई प्रिमियर लिग खेलमा १ गोल गरेका छन् ।
उनले यस सिजन सबैखाले प्रतियोगितामा १० खेल खेलेका छन् ।