काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल मड्रिडले इल्चेसँग २-२ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर रियलले बराबरी खेलेको हो ।
खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो । बेन्जिमाले बाहिर प्रहार गरे ।
तर, खेलको ४२ औं मिनेटमा लुकास बोएले गोल गर्दै इल्चेलाई १-० को अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै इल्चेलाई २-० को अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै रियललाई २-२ गोलको स्थितिमा ल्याउदै हारबाट जोगाए।
यस बराबरीसँगै रियलले २२ खेलमा ५० अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ ।
इल्चे २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।